प्राय सोधिने प्रश्नहरू

FAQ

Question

प्राय: सोधिने प्रश्नहरू,बिधार्थी भिसाको लागि तयारी देखि तपाईको बसाईको बारेमा आपतकालिन समाधान सम्म, प्रश्न र उत्तरमा सारांश गरिएको छ।

question

कस्तो स्थानमा अबस्थित छ?

गिफु प्रान्तको पश्चिमी भागको निशि-मिनोको मध्यमा अवस्थित ओगाकी प्राचीन कालदेखि नै विभिन्न इतिहास र संस्कृतिको केन्द्रमा
ओगाकीको सेन्टर ओगाकी स्टेशन र ठूला ठूला व्यावसायिक सुविधाजनक स्थानमा पैदलै पुगिने एकदमै नजिक अवस्थित छ।<स्कूलको बारेमा

question

मिराई टु जापानिज भाषा स्कुल कस्तो स्कुल हो ?

मिराई टु जापानी भाषा संस्थान जापानी भाषाको संस्था हो जुन न्याय मन्त्रालय बाट इजाजतपत्र प्राप्त गरेको छ।
बिधार्थी भिसाको लागि आवेदन दिन र विभिन्न प्रक्रियाहरू मार्फत जान सक्नुहुन्छ। हाम्रो संस्थानको सुविधाहरूको लागि कृपया <स्कूल सुविधाहरू> लिंक हेर्नुहोस्।

question

मिराई जापानी भाषा स्कूल र अन्य जापानी भाषा स्कूलहरू बीच के भिन्नता छ(यहाँ सुविधामा लेखिएको छ कि यहाँ नर्सिंग तथा केयेर गिबर क्षेत्रमा प्रवेश गर्न समर्थन छ)

मिराई जापानी भाषा स्कूल हाम्रो संस्थानसंग सम्बद्ध कम्पनीबाट नर्सिंगहोम सञ्चालन गदैर्छौं, नर्सिंग केयर र पुनःस्थापना सम्बन्धी कार्यमा रुचि राख्ने बिधार्थीलाई अझ बढी यथार्थपरक परिस्थितिहरूको अनुभव गरेर र उनीहरूको भविष्यको क्यारियरको साथ मद्दत र समर्थन गर्दछौं।
साथै इच्छुक व्यक्तिहरूको लागि सम्बधित कम्पनीमा नर्सिङ्गमा प्राक्टिकल तथा प्रशिक्षण गर्न लगाई प्रयोगकर्ताहरू र स्टाफसँग कुराकानीमा प्रयोग भएका जापानी शब्दावली र वाक्यहरुको अभ्यास गराएर आफ्नो क्यारियरलाई उपलब्धि मुलक बनाउन सहयोग गर्नेछौ।
जापानमै उच्च सिक्षामा प्रवेश गर्न चाहनेहरूको लागि जापानी भाषा प्रवीणता परीक्षा र EJU को लागि तयारी गर्न सकिने नियमित पाठ्यक्रमको सञ्चालन गरिनेछ।

question

कस्ता कस्ता लेबेलका कक्षाहरू संचालन छन्

प्राथमिक तहको भाषा देखि मध्यम (N3 ) र उच्च (N2 / N1 ) सम्म, एहा क्षमता र उद्देश्य अनुसारका भाषाहरु सिकाहिन्छ।

question

के एक वर्षमा छोड्न सक्छु ( एक बर्षमा सोचूग्योउ )

आहिले क्षमता उपलब्ध छ, तपाईंले स्थानान्तरण परीक्षा पास गर्नुभयो भने कृपया आवेदनको समयमा परामर्श लिनुहोस्।

question

कक्षामा कति जना हुन्छन

लगभग २० जना को क्लास हुन्छ, तर थोरै जनाको क्लास पनि छ ।

question

कुन देशक बिधार्थी धेरै छन् ?

एशियाका देश हरु बाट आउनुहुने बिधार्थी धेरै हुनुहुन्छ

question

टिचर जापानी छन् ?

सबै जापानी भाषा को क्लास योग्य जापानी शिक्षकहरु द्वारा सिकाईन्छ। अन्य निर्देशनहरूको लागि भने अन्य देशका स्टाफ द्वारा प्रदान गर्न सकिन्छ।

question

विवरणहरु के सबै जापानी भाषामा बुझाइने गरिन्छ ?

आबस्यक परेको खण्डमा अंग्रेजीमा पनि बुझाइनछ, तर अनुभवी शिक्षकहरूले तपाईंलाई तस्विर कार्ड र इसारा प्रयोग गरेर सिकाउनेछन्। शुरुआतीको स्तरमा, तपाइँको मातृभाषामा अनुवाद गाईडबुक पनि प्रदान गरिएको छ।

question

पाठ्य पुस्तक कुन हो ?

शुरुवातमा मिननानो निहोंगो दोस्रो संस्करण प्रयोग गर्दछौ । बिस्तारै लेवल बढ्दै जादा N3 देखि N1 परीक्षाको लागि शिक्षण सामग्री र EJU को लागि अध्ययन सामग्री प्रयोग गरिन्छ।

question

के जापानीज बाहेक अन्य कक्षा छन् ? फ्रीमा पढ्न पाहिंन्छ ?

कलेज जानको लागि आबस्यक बिषयहरु जस्तै गणित, भौतिक विज्ञान, जीवविज्ञान, रसायन विज्ञान, तथा अन्य सामान्य विषयहरू साथै अंग्रेजी पढ्न चाहनेहरु को आबसेकतालाइ ध्यान मा राखेर पाठ्यक्रम बाहेक, शिक्षण सामग्री वितरण र व्यक्तिगत मार्गदर्शन प्रदान गरिन्छ । अन्तरबार्ता परीक्षा तयारी र योजना तयारीको पनि मार्गदर्शन प्रभारी शिक्षक द्वारा आयोजित गरिनेछ।

question

हरेक दिन कति टाइम पढ्नु पर्छ?

जापानी भाषा कक्षा हरेक ४५ मिनेटका हुनेछन। थप रूपमा, माथि उल्लेखित अन्य विषयहरूको अध्यन गर्न सकिन्छ।

question

जापानी संस्कृति पनि सिक्न पाहिंन्छ ?

हरेक महिना कार्यक्रमहरू राखिन्छ जुन विद्यार्थीले निःशुल्क शुल्कमा भाग लिन पाउदछन । <फेसबुक

question

गर्मी बिदा कति समय लामो छ?

अगष्टमा ३ हप्ता, त्येस बाहेक हारु बिदा, आकी बिदा, फुयु बिदा एक बाट २ हप्ता लामो बिदा हुनेछ ।
तेस भन्दा बाहेक जापान सरकारले दिने बिदा वर्षमा १६ दिन बिदा हुन्छ । तेस बाहेक क्रिसमस, इस्टर र नया वर्ष बिदा हुनेछैन ।

question

के यहा पढी सकेपछि कलेज जान सकिन्छ ?

योग्य शिक्षकले स्कूलमा प्रवेशको बारेमा जानकारी प्रदान गर्न र परीक्षा लिनको लागि उपायहरूको बारेमा सिकाइने छ , त्यसैले स्नातक स्कूलहरू र व्यावसायिक विद्यालयहरू साथै विश्वविद्यालयहरूमा जान सम्भव छ।

question

के रोजगार को लागि सहयोग गर्न सक्नुहुन्छ?

योग्य शिक्षकले रोजगारको बारेमा जानकारी र रोजगारीका उपायहरू कार्यान्वयन गर्न सिकाउने छन् । कृपया ध्यान दिनुहोस् कि जापानमा केहि पेशाहरूमा जापान सरकारले भिसा प्रदान गर्दैन। साथै शैक्षिक पृष्ठभूमि र जापानी भाषा क्षमतामा निर्भर भएर रोजगार कम्पनि हरुले आफ्नो कामदार छनौट गर्ने गर्दछ्न ।

question

शिक्षण शुल्क कति छ

कृपया <कोर्स गाईड> जाँच गर्नुहोस्।

question

छात्रावास शुल्क कति छ

भर्ना शुल्क १००,००० येन र मासिक भाडा २०,००० येन देखि २५,००० येन (कोठाको प्रकारमा निर्भर एकलदेखि ट्रिपल कोठा) , अन्य बत्ति, पानि खर्चहरू वास्तविक प्रयोग गरिएको आधारमा लाग्ने छन् ।
थप रूपमा कोठा प्रयोगको आधारमा (सामान्य क्षेत्रहरू जस्तै फोहोर मैला ब्यबस्तापन र सफाईको लागि) पछि तपाईले १,००० येन सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

question

टोटल स्कुल अध्यनको लागि कति खर्च लाग्दछ

एकमुस्ट रुपमा अध्यन खर्च र निबास खर्च गर्दा दुइ बर्षे कोर्स को लागि ३३ लाख , डेड बर्षे कोर्सको लागि २५ लाख खर्च लाग्दछ※ निबास खर्च होल जापानको एभेरेजमा हिसाब गरिएको छ
आबस्यक पर्ने खर्चको लगभग आधा जति पार्ट टाइम काम गरेर कमाउन सकिन्छ
माथि उल्लेखित बिबरण लगभगमा हिसाब गरिएको छ

question

स्कलरसिप छ कि छैन

जापानी भाषा टेस्ट पास तथा रेगुलर बिधार्थी पुरस्कारको बेवस्था गरिएको छ। बिस्तृत जानकारी को लागि हामीलाई सम्पर्क गर्नुहोस

केयेर गिबर क्यारिएर विचार गरिरहेका बिधार्थिहरुको लागि गिफु प्रीफेचेर बाट प्रदान गरिएको छात्रवृत्तिहरू उपलब्ध छन्।
https://www.pref.gifu.lg.jp/kodomo/koreisha/kaigo-jinzai/11215/31ryuugakuseihojo.html

बिस्तृत जानकारी को लागि हामीलाई सम्पर्क गर्नुहोस

question

के के पाठ्यक्रमहरू उपलब्ध छन्

कोर्स गाईड> जाँच गर्नुहोस्।

question

सर्ट टर्म कोर्स छ

हाल कुनै सर्ट टर्म कोर्सहरू उपलब्ध छैनन्। आवश्यकता अनुसार अफरहरू अपडेट हुनेछन्।

question

के उमेरको हद लागु हुन्छ

सामान्य नियमको रूपमा, आवेदकहरूसँग जापानमा उच्च माध्यमिक शिक्षा बराबरको शिक्षा हुनु आबस्यक छ (१२ वर्ष अध्ययन) र उनीहरूको अन्तिम शिक्षाको ५ बर्ष भित्रमा आवेदन दिनुपर्नेछ।
यदि अन्तिम शैक्षिक पृष्ठभूमि वा कार्य अनुभब ५ बर्ष भन्दा बढी र सान्दरविक छैन भने हामी भर्ना अस्वीकार गर्न सक्दछौं

question

प्रवेश परीक्षा छ कि छैन

हरेक देशमा जापानी भाषा लिखित परीक्षा, अन्तरबार्ता परीक्षण र कागजात स्क्रीनिंग बाट गरीन्छ।

question

कस्तो प्रकारको प्रीपेरेसन गर्नु पर्छ

आवेदन सम्बन्धि निर्देशहरूमा <आबेदन सम्बन्धि कागजातहरू> जाँच गर्नुहोस्।

question

भर्ना गर्नु अघि तपाईंले कति लामो जापानी भाषा अध्ययन गर्न आवश्यक छ?

अप्रिलमा भर्ना गर्दा आवेदकहरू प्राथमिक तहको प्राथमिक भाषा(JLPT N5 पास स्तर)
अक्टूबरमा भर्ना गर्न चाहनेहरू प्राथमिक तहको मध्यम भाषा(JLPT N4 पास स्तर)कृपया पूर्ण रुपमा सकिने गरि गर्नुहोस्।

question

प्रत्येक सेमेस्टरको लागि आवेदन अन्तिम मिति कुन हो?

・एक वर्षमा दुई पटक(अप्रिल र अक्टुबर)हुन्छन्।
・यदि तपाईले बिधार्थी भिषा लागि आवेदन दिन चाहनु हुन्छ भने भने कृपया हामीलाई अगाडि नै सम्पर्क गर्नुहोस् किनकि प्रत्येक भर्ना अवधि अनुसार अन्तिम म्याद निर्धारित गरिएको छ।
・भर्ना अवधि र आवेदन अन्तिम मिति निम्नानुसार छन्।(यदि क्षमता भन्दा बढी आबदेन छ भने आवेदन स्वीकृति अन्तिम मिति भन्दा अघि नै बन्द हुन सक्छ)

भर्ना सम्बन्धि जानकारी भर्ना प्रक्रिया

question

कसरी आवेदन दिन सकिन्छ ?

यदि तपाईले बुझ्न खोज्नु भएको कुरा थाहा भएन भने। कृपया हामीलाई निसन्देह सम्पर्क गर्न सक्नुहुन्छ<भर्ना सम्बन्धि जानकारी
सोधपुछ टेलिफोन, ई-मेल, मेसेन्जर आदि बाट सम्पर्क गर्न सक्नुहुन्छ ।

question

के एयरपोर्टमा लिनजाने सुबिधा छ ?

हामी केवल छात्रावासमा बस्ने बिधार्थीहरु लाई मात्र तोकिएको समयमा निर्दिष्ट एयरपोर्टमा लिन जान्छौ।
एयरपोर्टबाट छात्रावास(वा स्कूल)सम्म लाग्ने यातायात खर्च तपाईको हुनेछ ।

question

जापानमा बस्नको लागि कति खर्च लाग्छ?

घर भाडा, खाना, साथै अन्य उपयोगी खर्च आदि समावेश गर्नुहुन्छ भने, कृपया एक महिनामा ५५ ,००० देखि १३०,००० येन सम्म सोच्नुहोस्।

(एकाई:जापानी येन)
खाना खर्च ¥20,000 ~ ¥40,000
यातायात खर्च ¥ 2,000 ~ ¥10,000
सञ्चार लागत ¥ 4,000 ~ ¥10,000
बाहिरको खानाको लागी अनुमानित लागत निम्नानुसार छ।
विभिन्न ह्यामबर्गर सेटहरू लगभग ¥500 ~
लगभग ¥800
म्याकडोनाल्डको ठूलो म्याक सेट ¥690
चिकिन कात्सु बेन्तो(टन्न भरीएको) ¥350
question

के छात्रावास सुबिधा छ?

एक स्कूलले अनुबन्धित गरेको निजी छात्रावास छ(अपार्टमेंट)।
विवरणका लागि <छात्रावासको बारेमा> कृपया यहा हेर्नुहोस्।

question

प्रति महिना बस्ने लागत कति लाग्छ ।

येदि ट्यूशन फि समावेश गर्नुहुन्न भने, मासिक खर्च ६०,००० येन भन्दा बढी हुनेछ(औसत करिब ८०,००० येन)।
जब तपाईं जापान आउनुहुन्छ, तपाईंको बस्ने खर्चको लागि लगभग २००,००० येनको तयारी गर्नुहोस्।

question

छात्राबास तथा स्कुल नजिक पसलहरु छन् कि छैनन्

स्कूलको नजिक एउटा ठुलो शपिंग सेन्टर एक्वा वाक छ, जसमा खाना, स्यान्ड्री, औषधि र कपडाहरु सबै थोक पाहिन्छ।
नजिकै एउटा छुट स्टोर पनि छ, जहाँ तपाईं सस्ता सामग्रीहरू किन्न सक्नुहुन्छ।

question

के म विद्यार्थीको रूपमा जापान प्रवेश गरे संगै पार्ट टाइम काम गर्न सक्छु ?

तपाईं जापान प्रवेश गर्दा पार्ट टाइम कामका लागि आवेदन गर्न सक्नुहुन्छ र तपाईंलाई स्वीकार गरिनेछ र आधार कार्डमा सूचीबद्ध हुनेछ। तपाईं हप्ताको २८ घण्टा पार्ट-टाइम काम गर्न सक्नुहुन्छ। तपाई जस्तै गर्मी बिदा, जाडो बिदा तथा लामो भ्याकेसनको समयमा हप्ताको ४० घण्टा सम्म काम गर्न सक्नुहुनेछ

हाम्रो विचारमा यस स्कूलमा प्रवेश गरे पछिको तीन महिना जापानमा बस्ने र जापानी भाषा पढ्ने बानी बसाल्ने समय को रुपमा लिएका छौ । तपाईं स्कूलमा प्रवेश पछि तिन महिनामा सुरू गर्न सक्नुहुन्छ।

question

पार्ट-टाइम कामगरेर म कति पैसा कमाउन सक्छु

स्कूलको नजिकै पार्ट-टाइम कामदारहरूको लागि प्रति घण्टा ज्याला ८५१ येनदेखि करीव १,००० येन सम्म हुन्छ। लगभग ,८०,००० येन प्रति महिना देखि १००,००० येनसम्म(लामो छुट्टिहरू बाहेक)
पार्ट टाईम काम सामान्य रूपमा बिधार्थीहरूको अध्ययनलाई असर नगर्ने गरेर काम गर्नुपर्छ।

question

के स्कूलले पार्टटाइम काम गर्न सहयोग गर्दछ

पार्ट-टाइम रोजगार समर्थन गर्न स्कूल सम्बन्धित कम्पनि हरु संग सम्पर्कमा रहेर सहयोग गर्दछौ ।
हामी तपाईंलाई तपाईंको बायोडाटा लेख्न र अन्तर्वार्ताको लागि सहयोग गर्दछौं।

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP