भर्ना सम्बन्धि जानकारी
सम्बन्धित कागजात डाउनलोड गर्नुहोस्

रोजगारको बारेमा

भर्नाका विषयहरू

READ MORE

भर्ना खुलेको कोर्स र अध्ययन अवधिको बारेमा

  • २ बर्ष कोर्स2nd year course

    भर्ना अवधि
    अप्रिल
    अध्ययन अवधि
    २ बर्ष
  • १ वर्ष ६ महिने कोर्स1.5 year course

    भर्ना अवधि
    अक्टुबर
    अध्ययन अवधि
    १ वर्ष १० महिना

भर्नाको लागि योग्यता

आवेदकहरूले निम्न अनुसारको सबै आवश्यकताहरू पूरा गर्नुपर्दछ* यदि तपाईंसँग “आबाश कार्ड ” छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

  1. ① १२ वर्ष वा सो भन्दा बढी स्कूल शिक्षा पूरा गरेको वा जापान आउनु पूर्व १२ औ शिक्षा कोर्स पूरा गर्ने अपेक्षा गरिएको व्यक्ति।
    जो हाईस्कूल पूरा गरेकासँग समान शैक्षिक योग्यता भएका संस्थाबाट मान्यता प्राप्त गरेका व्यक्ति ।
  2. ② जो स्पष्ट रुपमा पढाई गर्ने उद्देश्य लिई शिक्षण शुल्क तिर्नमा कुनै कठिनाई भएको छैन।
  3. ③ जापानी भाषा परीक्षा N5 (JLPT), व्यावहारिक जापानी भाषा परीक्षा J F (J.TEST), NAT -5 ,भाषा परीक्षा पास भएको व्यक्ति
    जो जापानी भाषा १५० घण्टा भन्दा बढी घण्टा अध्यन गरेको व्यक्ति ।
  4. *नोट ; जसले आफ्नै देशमा वा विदेशमा फौजदारी कानूनको उल्लंघन गरेका छन् , अवैध रूपमा कानून तोडेका व्यक्ति ले भर्ना फारम भर्ना पाहुनु हुने छैन

कक्षा घण्टा

बिहानको कक्षा
9:00 ~ 12:30
दिउँसो कक्षा
13:10 ~ 16:40

प्रवेश परीक्षा शुल्क

20,000 येन

भर्ना सम्म प्रक्रिया

२ बर्ष कोर्स/अप्रिलमा भर्ना १ वर्ष ६ महिने कोर्स/अक्टुबरमा भर्ना
आवेदन दिने अन्तिम म्याद अप्रिलमा भर्ना हुने बिधार्थी:अक्टुबरको अन्त्य तिर अक्टुबरमा भर्ना हुने बिधार्थी:अप्रिलको अन्त्य तिर
स्क्रनिंग परीक्षण अघिल्लो वर्ष को सेप्टेम्बेरको मध्य बाट अक्टुबरको मध्य तिर मार्चको मध्य बाट अप्रिलको मध्य तिर
कागजातहरू पेस गर्नुहोस् अघिल्लो वर्षको नोबेम्बर को मध्य सम्म मेको मध्य हप्ता तिर
अध्यागमन कागजातहरू पेस गर्नुहोस् एस स्कुलको चेक पछि  १२ महिनाको पहिलो हप्ता तिर एस स्कुलको चेक पछि  ६ महिनाको पहिलो हप्ता तिर
परीक्षाको परिणाम पठाइने २ महिनाको अन्त्य तिर अध्यागमन कार्यालयबाट प्रकाशित ८ महिनाको अन्त्य तिर अध्यागमन कार्यालयबाट प्रकाशित
भर्ना प्रक्रिया मार्चको सुरूमा हाम्रो शिक्षण संस्थानमा स्कुल फि पठाए पछि ट्रान्सफर कन्फर्मेसन पठाउनुहोस्। ट्रान्सफर कन्फर्मेसन पुष्टि भएपछि, हामी हाम्रो संस्थाबाट “योग्यताको प्रमाणपत्र” र “प्रवेश अनुमति” पत्र पठाउने छौ । सेप्टेम्बरको सुरूमा, शिक्षण र अन्य खर्चहरू संस्थानमा पठाउँनुहोस् र ट्रान्सफर कन्फर्मेसन पठाउनुहोस्। ट्रान्सफर कन्फर्मेसन पुष्टि भएपछि, हामी हाम्रो संस्थाबाट “योग्यताको प्रमाणपत्र” र “प्रवेश अनुमति” पत्र पठाउने छौ ।
भिषा लिने मार्चको मध्यतिर जापानी दुताबासमा भिषाको लागि फोर्म भर्ने सेप्टेम्बेरको मध्यतिर जापानी दुताबासमा भिषाको लागि फोर्म भर्ने

आवेदन कागजातहरू

1) आवेदन दिने व्यक्तिले आफैले कागजात पेस गर्ने

  1. ① प्रवेश आवेदन फाराम (उल्लेखित फारम, हस्तलिखित)
  2. ② हालसालै प्राप्त अध्यन प्रमाणपत्रको सक्कल वा अपेक्षित प्रमाणपत्रको सक्कल
  3. ③ हालसालै प्राप्त अध्यन प्रमाणपत्रको ट्रान्सक्रिप्ट
  4. ④ जापानी भाषा सिकेको प्रमाण पत्र, भाषा क्षमताको प्रमाणपत्र (JLPTN5 / J.TEST F, NAT-TEST5 वा उच्च प्रमाणपत्र, १५० घण्टा वा अधिक प्रमाणपत्र)
    *जापानी भाषा परीक्षा दिनु सबैभन्दा महत्त्वपूर्ण काम हो।कृपया भाषा परीक्षा दिनुहोला
  5. ⑤ फोटो (३ सेमी x ४ सेमी) (एउटा आवेदनमा टास्नुहोस , आवेदन भन्दा ३ महिना भित्र खिचिएको हुनुपर्ने, क्लोज-अप, अगाडि, माथिल्लो शरीर, कुनै टोपी, पृष्ठभूमि, नाम, जन्म मिति, पछाडि राष्ट्रियता नझल्कने गरि खिच्नु होला )
  6. ⑥ पासपोर्टको फोटोकपि
    पहिलेनै जापान भ्रमण गरेका व्यक्तिहरूले भिसा पृष्ठको प्रतिलिपि र अध्यागमन टिकटको प्रतिलिपि पृष्ठ पेस गर्नुपर्नेछ
  7. ⑦ फेमिली रेजिस्टरको कलर कपि (आवेदकको जन्म स्थान प्रमाणित गर्न सक्ने जन्मदर्ता प्रमाणित कपि ) चाईनिजहरुको लागि, तोगुची पुस्तक कभर सहित सबै पृष्ठहरूको प्रतिलिपि पेस गर्नुहोस्
  8. ⑧ कार्यरत व्यक्तिको हकमा रोजगार वा व्यवसाय प्रमाणपत्र, कम्पनि रजिस्टारको दर्ता प्रतिलिपि पेस गर्नुपर्नेछ (स्व-रोजगार)

2) सपोटर दिने कागजातको प्रतिलिपि

सपोर्टर (परिवारको सदस्य हुनुपर्ने छ)जापान बाहिर रहेको अवस्थामा
  1. ① शपथ पत्र(निर्दिष्ट कागजमा छाप तथा साइन)
  2. ② खर्च भुक्तानी सम्बन्धि कागजपत्र(निर्दिष्ट कागजमा छाप तथा साइन)
  3. ③ निक्षेप ब्यालेन्स प्रमाणपत्र(३० मिलियन येन जापानी मूल्य बराबरको)
  4. ④ पासबुक वा बेंक लेनदेन सम्बन्धि कागज पत्रको प्रतिलिपि
  5. ⑤ रोजगार प्रमाणपत्र, व्यवसाय प्रमाणपत्र वा रेजिस्ट्रीको प्रमाणित प्रतिलिपि (स्वरोजगार)
    (कामको ठेगाना, टेलिफोन नम्बर, प्रतिनिधिको नाम, कार्य विवरण, अवधि र जारीगर्नेको सहि छाप र शीर्षक स्पष्ट रूपमा निर्दिष्ट गरिएको हुनुपर्ने छ ।)
  6. ⑥ बार्षिक आय विवरण(तिन वर्ष सम्मको)
  7. ⑦ अन्त सुल्क भरेको विवरण(तिन वर्ष सम्मको)
  8. ⑧ सपोर्टर र आवेदक बीचको नाता प्रमाणित प्रमाणपत्र(सापेक्ष नोटरी गरिएको प्रमाणपत्र हुनुपर्ने)
  9. ⑨ नाता प्रमाणित प्रमाणपत्र(सम्पूर्ण परिवारको आवश्यक)चाईनिजहरुको लागि, तोगुची पुस्तक कभर सहित सबै पृष्ठहरूको प्रतिलिपि पेस गर्नुहोस्
  10. ⑩ परिचय पत्रको प्रतिलिपि
सपोर्टर (आफ्नो परिवारको सदस्य हुनुपर्ने छ)जापानमा नै रहेको अवस्थामा
  1. ① शपथ पत्र(निर्दिष्ट कागजमा छाप तथा साइन)
  2. ② खर्च भुक्तानी सम्बन्धि कागजपत्र(निर्दिष्ट कागजमा छाप तथा साइन)
  3. ③ निक्षेप ब्यालेन्स प्रमाणपत्र(३० मिलियन येन जापानी मूल्य बराबरको)
  4. ④ रोजगार प्रमाणपत्र, व्यवसाय प्रमाणपत्र वा रेजिस्ट्रीको प्रमाणित प्रतिलिपि (स्वरोजगार)
  5. ⑤ बार्षिक आय विवरण(तिन वर्ष सम्मको)
  6. ⑥ अन्त सुल्क भरेको विवरण(तिन वर्ष सम्मको)
  7. ⑦ सपोर्टर र आवेदक बीचको नाता प्रमाणित प्रमाणपत्र
    (तपाईंको परिवार रजिस्टर वा तपाईंको आफन्तहरूको नोटरीको नक्कल〈 चीनको लागि मात्र 〉)
  8. ⑧ जुमिन्ह्यो(सबै घरका सदस्यहरू),अथवा गाइकोकुजिन तोरोकु सोमेस्यो(सपोर्टर जापान बाहिर रहेको अवस्थामा)
  9. ⑨ इन्कान तोरोकु सोमेस्यो

*यहाँ वर्णन गरिएका कागजातहरू सहयोगका लागि मात्र हुन्। अधिक जानकारीको लागि, कृपया स्कूलमा सम्पर्क गर्नुहोस्। आवेदकको राष्ट्रियता र व्यक्तिगत आवश्यकताहरूको आधारमा थप कागजातहरू आवाश्यक पर्न सक्छ।

भुक्तानी प्रक्रिया

तपाईं बैंक ट्रान्सफर वा Flywire द्वारा भुक्तानी गर्न सक्नुहुन्छ।

Flywire द्वारा भुक्तानी

Flywire भनेको एक शैक्षिक संस्थाको लागी अन्तर्राष्ट्रिय पैसा ट्रान्सफर गर्ने सेवा हो जसले तपाइँलाई तपाइँको आफ्नै बैंकबाट पैसा हाम्रो बैंक खातामा ट्रान्सफर गर्न वा क्रेडिट कार्डबाट भुक्तान गर्न अनुमति दिन्छ।

कृपया मिराई TO जापानी भाषा संस्थानको फ्लाइवायर पेजमा जानुहोस र यसको प्रयोग गर्नु अघि आफ्नै खाता बनाउनुहोस्। वेबसाइटले अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, फ्रान्सेली, जापानी, पोर्तुगाली, आदि भाषालाई पनि समर्थन गर्दछ।

कृपया यहाँ बाट भुक्तानी गर्ने साइटमा जानुहोस र भुक्तानी प्रक्रिया पूर्ण गर्नुहोस्।

mirait-nihongo.flywire.com

यदि तपाईं फ्लाईवायर प्रयोग गरेर पैसा पठाउन चाहानुहुन्छ भने कृपया फ्लाईवायर होमपेज पहिला हेर्नुहोस् र यदि तपाईं संग कुनै प्रश्न छ भने हाम्रो समर्थन तथा सहयोग डेस्कमा सम्पर्क गर्नुहोस्।

फ्लाईवायर होमपेज: https://www.flywire.com

फ्लाईवायर सहयोग डेस्क: https://www.flywire.com/support

बैंक खाताबाट ट्रान्सफर भुक्तान

बैंक ट्रान्सफर /स्थानान्तरण गर्दा अन्य ट्रान्सफर शुल्क लाग्नेछ। अगाडि बढ्नु भन्दा अगाडि तल दिइएको रेमिट्यान्स संग संबन्धित जानकारीको आध्ययन गर्नुहोस् र आगाडी बढ्नुहोस ।
कृपया नोट गर्नुहोस् कि रेमिट्यान्स संग सम्बन्धित सबै शुल्कहरू रेमिटरले बेहोर्नु पर्ने छ ।

रेमिट्यान्स सम्बन्धि जानकारी Remittance information
बैंकको नाम Bank Name THE JUROKU BANK, LTD., GIFU, JAPAN
स्विफ्ट कोड SWIFT Code JUROJPJT
शाखाको नाम Bank branch name OGAKI KITA Branch
बैंकको ठेगाना Bank branch address 2-12, RYOKE-CHO, OGAKI-CITY, GIFU, JAPAN
बैंक खाता नम्बर A/C No 212-1342805
प्राप्त गर्ने खातावालाको नाम A/C Name MIRAIT JAPAN CO., LTD
ठेगाना Beneficiary’s Address 8-1416-4, HAYASHI-MACHI, OGAKI, GIFU, 503-0015, JAPAN

वितरणको अन्तिम म्यादको बारेमा

विभिन्न भुक्तानीहरूको लागि, कृपया हाम्रो स्कूलले पठाएको चलानी बिल चेक जाँच गर्नुहोस् र चलानीमा बताइएको अन्तिम मिति भित्र भुक्तान गर्नुहोस्।
यदि तपाईंले हामीलाई पहिले नै सम्पर्क नगरी अन्तिम म्यादसम्ममा भुक्तानी पुष्टि गर्न सक्नुभएन भने, स्कुल भर्ना / प्रवेशमा रोक लगाएर तपाईंको आवेदनलाइ समेत रद्द गर्ने छौ ।
यदि तपाईंले अन्तिम मिति भित्र पैसा पठाउन सक्नुहुदैन भने, कृपया हामीलाई पहिले नै सम्पर्क गरि बस्ताबकिताको जानकारी गराउनु होस्।

सामान्यतया रेमिट्यान्सको बारेमा

कृपया रेमिटान्स गर्दा निम्न कुराहरूको चेक जाँच गर्नुहोस्।

  1. कृपया रेमिटान्स गर्दा हाम्रो स्कूलले पठाएको भुक्तानी बिल तयार गर्नुहोस्।
  2. कृपया प्रक्रिया अघि बढाउनु भन्दा अगाडि भुक्तानी बिलमा भएको बैंक जानकारी (बैंक नाम, शाखा, खाता नम्बर, खातावालाको नाम, आदि) चेक जाँच गर्नुहोस्। कृपया नोट गर्नुहोस् , यदि बैंक जानकारी फरक रहेको छ भने, हामी हाम्रो स्कूलमा भुक्तानी प्राप्त गर्न असक्षम हुने छौ त्यसैले राम्रो संग चेक गर्नुहोला ।
  3. कृपया भुक्तानी बिलमा भएको बिल नम्बर र विद्यार्थीको नाम रेमिटान्स गर्दा जानकारीको स्तम्भमा नछुटाई उल्लेख गर्नुहोस्।
    (उदाहरण: बिल नम्बर: L2010001-001 MIRAIT TARO)
  4. माथिको जानकारी रेमिटान्स कर्ताको पहिचान गर्नका लागि महत्वपूर्ण जानकारी हो। कृपया नोट गर्नुहोस् कि यदि पैसा विद्यार्थीको नाम बाहेक अन्य नाममा पठाइएको छ (समर्थक, परिवारको नाम आदि), रेमिटर लाई चिन्न सकिदैन र यसले गर्दा भर्ना प्रवेश प्रक्रियामा ढिलाइ हुन सक्छ। त्यस्तो अवस्थामा कृपया हामीलाई अगाडि नै सम्पर्क गरि जानकारी गर्नुहोस्।
  5. कृपया स्कूल स्टाफलाई ट्रान्सफर गरेको एक प्रतिलिपि ईमेल गर्नुहोस् जुन ट्रान्सफर पूरा भएपछि जारी हुनेछ। यो प्रतिलिपि ” ट्रान्सफर भएको छ भन्ने प्रमाण” हुनेछ त्यसैले कृपया यसलाई सुरक्षित ठाउँमा राख्नुहोस् यो प्रतिलिपि तपाईंले हराउनु हुँदैन।
  6. रेमिट्यान्स प्रक्रियाको लागि कृपया तपाईंले वित्तीय संस्थालाई / बैंकलाइ सम्पर्क गर्नुहोस्। नोट गर्नुहोस् : हामी यस ट्रान्सफरको बेलामा हुने कुनै पनि नोक्सान वा समस्याको लागि जिम्मेवार हुने छैनौ।

विभिन्न कागजातहरू डाउनलोड गर्नुहोस्

■ आवेदन फारम・खर्च भुक्तानी फारम・प्रतिज्ञा पत्र

■ निर्देशिका

■ स्कुलको बारेमा

जानकारी/अनुरोध तथा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

みらいTO日本語学院 Mirait Japanese Academy Logo

TEL.0584-78-6200

TOP